राजनीतिक विश्लेषक बराल भन्छन्,‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

राजनीतिक विश्लेषक बराल भन्छन्,‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’
+
-

काठमाडौँ – गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ।

राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो।

संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनस्थापना
भएको छ।

तर, गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताउँछन्। उनले विकल्प त अझ सुदृढ गणतन्त्र रहेको बताए।

‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्टमध्येका एक शासन व्यवस्था हो। यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ। तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’,बरालले भने।

उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि ब्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् ।

हुन त दुई वर्ष पहिलेसम्म उनी पनि गणतन्त्रवादी नै थिए । तर, हाल यो एजेन्डाबाट पछि हटेका उनले गणतन्त्रको विकल्प संवैधानिक राजतन्त्र हुने तर्क गर्दै आएका छन् । गणतन्त्र १५ जेठ २०६५ मा स्थापना भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?