तारा एयर दुर्घटना अपडेट : नेपाली सेनाको टोली मुस्ताङको लेते जाँदै

तारा एयर दुर्घटना अपडेट : नेपाली सेनाको टोली मुस्ताङको लेते जाँदै
+
-

काठमाडौँ – मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले बताएका छन्।

पोखराबाट आइतबार बिहान ९ः ५० मा जोमसोमको लागि उडेको तारा एयरको ट्विनेटर विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो। विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।

विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन्।

यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य स्थितिबारे आधिकारिक जानकारी आएको छैन।

पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहीन भएको थियो।

यो पनि पढ्नुहोस्

बेपत्ता भएकाे तारा ‍एयरकाे विमानमा को-को थिए ?

बेपत्ता भएकाे तारा ‍एयरकाे विमानमा को-को थिए ?

२२ जना यात्रुसहितको तारा एयरको विमान मुस्ताङमा दुर्घटना

२२ जना यात्रुसहितको तारा एयरको विमान मुस्ताङमा दुर्घटना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?