
देश सञ्चार
जेठ १५, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७९/८० अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्धन शर्माले संघीय संसदको बैठकमा आइतबार बजेट प्रस्तुत गर्दा यो कार्यक्रमका लागि ५ अर्ब ९० करोड बजेट विनियोजन भएको बताएका हुन्।

