
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको सैनिक प्रवक्ताले बताएका छन्।
सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार स्थानीयले दिएको सूचनाको आधारमा बिहानदेखि निस्कएको प्रहरीको खोजी टोली र हेलिकप्टरलाई मानापाथी हिमालतर्फ पठाइएको छ।
‘जमिनबाट गएको सैनिक टोलीलाई त्यहाँ पुग्न तीन–चार घन्टा लाग्छ होला, हाम्रो हेलिकप्टर पनि त्यतै गईसकेको छ।’ उनले भने।
यो ठाउँ बाहेक न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी लगायतका ठाउँमा जहाजको खोजी भईरहको छ।
बिहान ९ बजेर ५० मिनेट जाँदा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरलाइन्सको ट्वीनेटर बिमान केही बेरमा नै सम्पर्कबिहिन भएको थियो। जहाजमा १९ यात्रु सहित २२ जनाले यात्रा गरीरहका थिए।