
काठमाडौँ- सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो प्रदान गर्ने व्यवस्था गरेको छ।
विद्युतको पहुँच बाहिर रहेका घर परिवारका लागि धुँवामुक्त भान्सा अभियान अन्तर्गत सुधारिएको चुलो वितरण गरीने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै शर्माले यस्तो बताएका हुन।
सरकारले विद्युत खपत बढ्उनको लागि यसअघि नै विद्युतिय सवारी प्रयोग तथा विद्युतिय चुलो प्रयोगलाई जोड दिँदै आएको छ।