
काठमाडौँ- सरकारले ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।
चितवनलाई केन्द्रमा राखेर सरकारले ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको हो।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै द्रतमार्ग निर्माण गर्ने बताएका हुन्।
उनले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरेका हुन् ।
निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने शर्माले बताएका छन्।