रसुवामा चोरीको बिगबिगीः होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

रसुवामा चोरीको बिगबिगीः होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द
+
-

काठमाडौँ – रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ।

जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो।

वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए। ‘हामीले आजदेखि नै लागू हुनेगरी निर्णय गरेका छौँ’, उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ।’

जिल्लामा श्रृंखलावद्ध चोरी सुरु भएको २७ दिन भयो। पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन्। गएको वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन्।

केही संस्थाबाट नगद चोरी नगरेपनि अधिकांश घर तथा सहकारी संस्थाबाट नगद चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्।

चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?