
अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँस्थित सिभिल मलमा एक हिरोइनले एक व्यक्तिलाई झापड हानेकी छन्।
हिजाे साँझ सिभिल मलमा भएको ‘कबड्डी-४’ को शोको क्रममा कफीसप नजिकै उक्त घटना भएको हो।
हलमा उपस्थित ती युवकले हिरोइनकाे शरीरमा पछाडिबाट छोएको भन्दै उनले चड्कन हानेकी थिइन्।
चड्कन खाने व्यक्ति लामा परिहनमा थिए। उनलाई धेरै व्यक्तिले घेरेका थिए।
हिरोइनले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो ?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाएकी थिइन्।
ती युवकले पनि माफी मागेका थिए। घटनापछि हल प्रशासनले ती युवकलाई प्रहरीकोमा बुझाएको स्रोतले बताएको छ।