
अ
+
अ
अ
-
काठमाडाैँ- आज बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
बैठक दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशप्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
त्यस्तै, आजै बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्नेछन्।
मंगलबार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ भने बुधवार सांसदले उठाएको प्रश्नको जवाफ दिने र प्रदेशसभाबाट नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।