बागमती प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेस

बागमती प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेस
+
-

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम पेस गरेका हुन्।

बागमती प्रदेशलाई शिक्षाको हबको रूपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने प्रदेश प्रमुख शर्माले बताए। प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ।

त्यसैगरी प्रदेश सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ। यस्तै प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’को स्थापना गर्ने भएको छ। पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने शर्माले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?