रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवामा गोसाइँकुण्ड मेला सुरू
+
-

रसुवा – गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन्।

पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ।

आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ। देवताका पनि देव महादेव भगवान् शङ्कर (शिवजी) गोसाइँकुण्डमा विराजमान रहेकाे विश्वास गरिन्छ।

गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी सङ्घ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसानले बताए।

गङ्गा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ।

प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने र ती मध्ये जनैपूर्णिमा पर्वमा ठूलो मेला लाग्ने समाजसेवी टङ्कप्रसाद आर्चायले बताए ।

अहिले सुरू भएको गङ्गा दशहरा पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन्।

धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जनाउँदै जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई अनुरोध गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?