लिमीको स्राेतकेन्द्रमा ११४ चौरी थपिए

लिमीको स्राेतकेन्द्रमा ११४ चौरी थपिए
+
-

सिमकोट- हुम्लाकाे नाम्खा गाउँपालिका-६ को लिमीको चौरी स्राेतकेन्द्रमा ११४ वटा चौरी थपिएका छन्।

चौरीपालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्राेतकेन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढाथापाका अनुसार लिमीको चौरी स्राेतकेन्द्रमा १११ वटा नाक (चौरी गाई) र तीनवटा याक गरी १४ वटा चौरी यसवर्ष थपिएका हुन्।

त्यसमा ४५ वटा चौरी स्राेतकेन्द्रमै खरिद गरेर स्थानीयले ल्याइसकेको र बाँकी नाम्खाकै अन्य गाउँपालिका ६९ वटा खरिद गरेर स्राेतकेन्द्रमा लिने कार्य भई रहेको छ।

स्थलगत रूपमा पुगेका उनले स्राेतकेन्द्र चौरीमय भएको बताए। यसका लागि कार्यालयले ५९ लाख बजेटको व्यवस्था गरेको थियो भने उपभोक्ताबाट तीस प्रतिशतका दरले हुन आउने २५ लाख स्थानीय उपभोक्ताहरूले लागत साझेदारी गरेका छन्।

यीसहित स्राेत केन्द्रमा २४६ चौरीको सङ्ख्या पुगेको छ। यसअघि गत वर्षसम्म १३२ चौरी थिए।

स्राेत केन्द्रमा आगामी तीन वर्षमा पाँच सय चौरी पुर्‍याउने लक्ष्य कार्यालयको रहेको छ। स्राेतकेन्द्र स्थापना भएयता उत्पादन भएको छुर्पी, घ्यू, चीज लगायतका सामान बिक्री गरिँदै आएको छ।

केही समय अगाडिसम्म लिमीका स्थानीयले दुई हजारसम्म चौरी पाल्दै आएका थिए। पछि चरन समस्या देखाउँदै लिमीवासीले चाैरीपालन छाडेका थिए।

हाल लिमीका स्थानीयसँग डेढ सय चौरी रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?