मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने?
+
-

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्डले मानहानी मुद्दाको फैसलापछि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरी आफ्ना- आफ्ना विचार राखेका छन्।

जोनी डेपले इन्स्टाग्राममा पाेस्ट राख्दै लेखेका छन्, ‘छ वर्ष पहिले, मेरो जीवन, मेरा बच्चाहरूको जीवन, मेरा नजिकका व्यक्तिहरूको जीवन र वर्षौँदेखि मलाई साथ दिए, सधैँको लागि परिवर्तन भयो।’

‘पलभरमै सबै परिवर्तन भयो।’

उनले लेखेका छन्, ‘मिडियामार्फत् ममाथि गम्भीर आपराधिक आरोप लगाइयो, जसले गर्दा मविरुद्ध घृणा सन्देशको बाढी आयो।’

‘र, छवर्ष पछि, निर्णायक मण्डलले मलाई मेरो जीवन फिर्ता दियो। मैले यो मुद्दा पछ्याउने धेरै सचेत निर्णय लिएको थिएँ। सुरुदेखि नै मेरो लक्ष्य सत्यलाई बाहिर ल्याउनु थियो र म यो गरेर शान्त महसुस गरिरहेकाे छु।’

एम्बर हर्डले के भनिन्?

हलिउड अभिनेत्री एम्बर हर्डले जोनी डेपसँग मुद्दा हारेपछि सामाजिक सञ्जालमा आफ्नो निराशा व्यक्त गरेकी छन्। पूर्वपतिको शक्ति र प्रभावले प्रमाणको पहाड पनि चित्त नबुझेकाले आफू मर्माहत भएको उनले लेखेकी छन्।

उनले लेखेकी छन्, ‘यो निर्णयको प्रभाव अन्य महिलामा देखेर म झनै निराश छु। यो एउटा झट्का हो। यो महिलाविरुद्ध हुने हिंसालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने विचारकाे पनि झट्का हाे। म यो मुद्दा हारेकाले दुखी छु।’

अभिनेता डेपले पूर्वपत्नी हर्डविरुद्ध ‘द वाशिंगटन पोस्ट’मा उनले लेखेकाे आर्टिकललाई लिएर मानहानीको मुद्दा दायर गरेका थिए ।

आर्टिकलमा हर्डले घरेलु दुर्व्यवहार भोगेकाे उल्लेख गरेकी थिइन्। आर्टिकलमा भने डेपकाे नाम उल्लेख गरिएकाे थिएन। नाम उल्लेख नगरिए पनि उक्त आर्टिकलले गर्दा डेपले धेरै फिल्ममा काम गर्ने अवशर गुमाएका थिए।

त्यसपछि हर्डले डेपमाथि उल्टै मानहानीकाे मुद्दा दायर गरिन्। उनले डेपको वकिलले उनकाे बारेमा भनेकाे कुरालाई लिएर मानहानीको मुद्दा दायर गरेकी हुन्।

निर्णायक मण्डलले मुद्दामा दुवैलाई जिम्मेवार ठहर्‍याउँदै डेपलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति प्रदान गर्दा हर्डलाई २ मिलियन डलर दिएकाे छ।

डेपले ५० मिलियन माग्दा  हर्डले १०० मिलियन  मागेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?