
काठमाडौँ – नायिका मिरुना मगरले स्पष्टीकरण दिएकी छन्।
आफूमाथि आइतबार सिभिल मलमा ‘ब्याड टच’ भएको घटनाबारे मगरले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेर स्पष्टीकरण दिएकी हुन्।
उनले आफूमाथि भएको हिंसाको विरोधमा बोल्न कुनैपनि उचित समयको प्रतीक्षा गर्नु नपर्ने बताएकी छन्।
बौद्ध भिक्षु फुर्वा लामाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी उनले फुर्वालाई माफीसमेत दिएर सहमति भएको थियो।
आफूलाई फुर्वाले ‘ब्याड टच’ गरेकोले उनकोविरुद्धमा प्रहरीमा उजुरी दिएको भएपनि यसलाई धर्मसँग जोडिएको उल्लेख गर्दै आफूले धर्म नभएर व्यक्तिको विरोधमा आवाज उठाएको बताएकी छन्।
उनी लेख्छिन्, ‘फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्वीकार गरेकी छु। सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामागुरूहरू लगायत दुबै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दुखित हुनु हुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु। कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन। तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ ।’ उनले अगाडी लेखेकी छिन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’
आइतबार नायिकाले आफूलाई सिभिल मलबाट बाहिर निस्कने क्रममा ती तामाङले ‘ब्याड टच’ गरेकाे आरोप लगाउँदै प्रहरीलाई बुझाएकी थिइन्।
सोमबार युवकविरुद्ध उजुरी दर्ता गरेपछि जिल्ला प्रसाशन कार्यालयले म्याद समेत थप गरेको छ।
तर चौतर्फी आलोचना भएपछि प्रहरीको हिरासतमा रहेका युवकलाई छाडेको थियो।