भारतीय कूटनीतिज्ञले पहिलो पटक तालिबानसँग भेटे, के छ कारण?

भारतीय कूटनीतिज्ञले पहिलो पटक तालिबानसँग भेटे, के छ कारण?
+
-

एजेन्सी – भारतीय विदेश मन्त्रालयका सहसचिव जेपी सिंहसहितको प्रतिनिधिमण्डल अफगानिस्तानको राजधानी काबुल पुगेको छ।

गतवर्ष अफगानिस्तानमा तालिबान सरकार सत्तामा आएपछि भारतीय सरकारी दलको काबुलको यो पहिलो भ्रमण हो।

जेपी सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले तालिवानका विदेशमन्त्री अमिर खान मुताक्कीलाई भेटेर कूटनीतिक सम्बन्ध, व्यापार र मानवीय सहायताबारे छलफल गरेको थियो।

बीबीसी पश्तोका अनुसार यस भेटपछि मुटक्कीले भारतीय प्रतिनिधिमण्डलको भ्रमणलाई राम्रो सुरुवात भएको बताए।

उनले भारतले अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति र कन्सुलर सेवा सुचारु गर्नुपर्ने बताए।

यस भ्रमणका क्रममा भारतीय टोलीले त्यहाँ मानवीय सहायता वितरणको कार्यमा संलग्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग पनि भेट गर्नेछ।

यसका साथै भारतको तर्फबाट कार्यक्रम र योजना लागू भएका ठाउँमा पनि भारतीय टोली जाँदैछ।

तालिबान सरकार सत्तामा आएदेखि भारतले विगत नौ महिनामा त्यहाँ धेरै खेपमा २० हजार मेट्रिक टन गहुँ, १३ टन औषधि, कोविड खोपको ५ लाख डोज र जाडो लुगा पठाएको छ।

भारतले तालिवानको आगमनपछि देश छोडेर इरान गएका अफगानिस्तानका मानिसहरूलाई पनि सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको त्यहाको विदेश मन्त्रालयले जनाएको छ।

भारतले इरानमा शरणार्थीका रूपमा बस्ने मानिसहरूलाई मद्दत गर्न १० लाख खोपको डोज पनि उपलब्ध गराएको छ।

यस्तै, भारतबाट अफगानिस्तान पठाइने खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको वितरण संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य तथा खाद्य संगठनमार्फत हुने गरेको उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?