
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले अध्ययनबीना साइकल लेन बनाउन नसकिने जनाएका छन्।
साइकल दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौँमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन्।
‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ। फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महसुस हुन्छ। गाडीहरुको स्पिडबढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ। सुरक्षा पहिलो मुद्दा हुनुपर्छ।’
उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ।