रसुवाका स्थानीय तहमा बढ्यो बजेट

रसुवाका स्थानीय तहमा बढ्यो बजेट
+
-

रसुवा – रसुवाको स्थानीय तहको बजेटमा यसपटक पनि वृद्धि भएको छ।

चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो।

जिल्लाको पाँचवटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ बजेट पाएका छन्।

चालु आर्थिक वर्षको लागि सरकारले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

यो चालु आर्थिक वर्षको तुलनामा १४ करोड ८४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ८२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो।

आउँदो वर्षका लागि वित्तीय समानीकरणअन्तर्गत ४३ करोड ५१ लाख, सर्शत अनुदानअन्तर्गत ६७ करोड ८५ लाख, विशेष अनुदान तर्फ ३ करोड ४२ लाख र समपुरक अनुदानतर्फ २ करोड बजेट विनियोजन भएको छ।

जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरणअन्तर्गत ८ करोड ७२ लाख र सर्शत अनुदानअन्तर्गत १५ करोड ७६ लाख गरी २४ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

कालिका गाउँपालिकाको लागि वित्तीय समानीकरणअन्तर्गत ९ करोड १४ लाख, सर्शत अनुदानअन्तर्गत १४ करोड ५० लाख र विशेष अनुदानमा १ करोड गरी २४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

गोसाइँकुण्ड गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड ८७ लाख र सर्शत अनुदानअन्तर्गत १२ करोड ९९ लाख गरी २१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

नौकुण्डमा वित्तीय समानीकरणअन्तर्गत ९ करोड ४९ लाख, सर्शत अनुदान अन्तर्गत १५ करोड २३ लाख, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा १ करोड गरी २७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

यस्तै, आमाछोदिङ्मो गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ७ करोड २९ लाख, सर्शत अनुदान अन्तर्गत ९ करोड ३७ लाख, विशेष अनुदानमा ४२ लाख र समपुरक अनुदानमा १ करोड गरी १८ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

आउँदो आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम बजेट आमाछोदिङ्मो गाउँपालिकामा परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?