होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा
+
-

काठमाडौँ- काठमाडौँ जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेनले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

होस्टल वार्डेन रामजी बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको ३ जना विद्यार्थीहरुले आरोप लगाएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए।

छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएका थिए। घट्नाबारे थाहा पाएसँगै अभिभावकहरु शनिबार होस्टल पुगेका थिए।

होस्टल पुगेका अभिभावकहरुले प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई घट्नाबारे बुझ्न खोज्दा प्रिन्सिपलले घट्ना लुकाउन खोजेपछि अभिभावक आक्रोशित बनेका थिए।

उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन्। घटनापछि प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटीलाई नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए। यौन दुर्व्यवहार गरेका भनिएका वार्डेन भने आज बिहानैबाट फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?