
काठमाडौँ – जिल्ला समन्वय समिति(जिसस) सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका छन्।
जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन्।
प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन्।
सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन्। अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको छ।