पुल निर्माणमा लापरवाही, दुई वर्षमा ठडिए तीनवटा पिल्लर

पुल निर्माणमा लापरवाही, दुई वर्षमा ठडिए तीनवटा पिल्लर
+
-

दाङ- वर्षा सुरु भएसँगै दोलही खोलामा तर्न नसक्नेगरी बाढी आउँछ। बाढीले गर्दा राप्ती गाउँपालिका वडा नम्बर ८ र ४ का दर्जनबढी गाउँका स्थानीयलाई आवातजावत गर्न असहज हुन्छ। विद्यालय हिँडेका बालबालिका पनि खोलाकै कारण राेकिनुपर्ने अवस्था छ।

यस्ताखालका विभिन्न समस्याबाट मुक्ति पाउन पुल निर्माण गर्न थालियो। पक्की पुलबाट खोला वारपार गर्ने सपना देखेका विष्णुकुमार मल्लको सपना अझै पूरा हुन सकेको छैन।

पुल निर्माण सुरु भएदेखि अहिलेसम्म जम्मा तीनवटा पिल्लर ठडाइएकाे छ। पुल निर्माणमा ढिलासुस्ती भएको छ।

पुल निर्माण नहुँदा स्थानीय विष्णुकुमारकाे सपना अधुरै रहेकाे छ।

स्थानीय विष्णुकुमार

‘पक्की पुलबाट खोला तरौँला भन्ने सपना अझै पनि पूरा भएन। दोलही खोलामा बाढी आउँदा सबैलाई समस्या हुन्छ। बढी समस्या स्कुले विद्यार्थीले भोग्नुपर्छ। खोलामा बाढी आयो भने विद्यार्थी स्कुल जान पाउँदैनन्।’

१८ महिनाभित्रमा पक्की पुल सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि ठेकेदारको लापरबाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको हाे। पुल निर्माण नहुँदा खोला तरेर आवतजावत गर्न समस्या पर्दै आएको छ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा राप्ती गाउँपालिकास्थित दोलही खोलामा पक्की पुल निर्माणको काम दुई वर्षअघि सुरु भएको थियो। तर, अहिले तीनवटा पिल्लरको आधा काम मात्रै सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नं. ८ र ४ लाई जोड्नेगरी पक्की पुल बनाउन थालिएको थियो। ५ करोड २० लाखको लागतमा निर्माण सुरु भएको पक्की पुलको काम विसं २०७७ साल साउन २९ बाट सुरु भएको थियो। काम ०७८ काे माघ २९ सम्म सम्पन्न हुनुपर्ने हो। यद्यपि अहिलेसम्म २५ प्रतिशत पनि काम सकिएको छैन।

सडक पूर्वाधार विकास कार्यालय दाङले पुल निर्माणको लागि जयबुद्ध-विराट जेभी, पुरानो बानेश्वर, काठमाडाैँलाई ठेक्का दिएको थियो। स्थानीय सरकारले सम्पर्कमा नभएका ठेकेदारको खोजीको लागि पटक-पटक पहल गरेको जनाएको छ। तर, अहिलेसम्म ठेकेदार सम्पर्कमा नआएको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

‘हामीले त पटक-पटक ताकेता गरिरहेका छौँ। ठेकेदार सम्पर्कमा छैनन्’, उनले भने, ‘१८ महिनामा सकिने काम तीन वर्ष पुग्नै लाग्दा पनि सकिएन। ज्यादै थोरैमात्र काम भएको छ।’

निर्माणको काममा खटिएका एक स्थानीय मजदुरले ज्यालासमेत नपाएकाे गुनासाे गरे।

उनले भने, ‘ठेकेदारबाट काम गरेको पैसा लिनै बाँकी छ। तर, अझैसम्म पाइएको छैन। ठेकेदारलाई भेटाउन मुस्किल छ।’

सडक पूर्वाधार विकास कार्यालय दाङले ठेकेदारलाई काम नगरे कारबाहीसहितको पत्र पठाएर ताकेता गरिएको जनाएको छ। पछिल्लो पटक निर्माण व्यवसायीको तर्फबाट काम गर्ने जानकारीसहित सम्पर्कमा आएको सव इञ्जिनियर वीरेन्द्र कवरले बताए।

‘ठेकेदारलाई सम्पर्कमा ल्याएका छौँ। आशा छ, अब कामले गति लिनेछ’, उनले भने, ‘अब काम अघि नबढे निर्माण व्यवसायीलाई कारबाही गरेर अघि बढ्नुपर्ने हुनसक्छ। यसमा कार्यालयले निर्णय लिने छ।’

पुल निर्माण कार्य अलपत्र हुँदा स्थानीयले अहिले पनि सास्ती खेप्नु परिरहेको छ। अलपत्र परेको पुल निर्माण कार्यलाई गति दिन सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?