
अहिलेको समय भनेको विज्ञान र प्रविधिको हो। नवीन प्रविधि र अनलाइन प्लेफर्ममार्फत यतिबेला धेरै समय र जनशक्ति लाएर गरिनुपर्ने अधिकांश काम कम समयमै निकै सहज र सरल ढङ्गबाट सु–सम्पन्न गर्न सकिन्छ।
प्रविधिको प्रयोग गरी नवीन ढङ्गबाट आफ्ना दैनिक क्रियाकलापहरू सु–सम्पन्न गर्नको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ। कुनैपनि संगठनले उपलब्धि हाँसिल गरी पूर्वनिर्धारित लक्ष्य पूरा गर्नको लागि त्यस संगठनमा कामगर्ने मानव संसाधन निकै शक्तत र प्रभावकारी हुनु आवश्यक छ।
विश्व परिवेशमा हेर्ने हो भने मानव संसाधन तथा व्यवस्थापनको क्षेत्रमा विभिन्न खालका अध्ययन, अभ्यास तथा प्रयोग भएको पाइन्छ।
मानव संसाधनमा परामर्श लगायतका काम गर्नको लागि नेपालमा पनि ‘ग्रोथ सेलर’ नामक कम्पनी स्थापना भएको छ।
विसं २०६४ सालमा स्थापना भएको सो कम्पनीको स्थापना कालदेखि आजसम्मको यात्राका बारेमा कम्पनीकी कार्यकारी निर्देशक सम्झना शर्मासँग देश सञ्चारका लागि अस्मिता केसीले गरेको कुराकानीको सम्पादित अंशः
‘ग्रोथ सेलर’ भनेको के हो?
हाम्रो कम्पनी ग्रोथ सेलर भनेको मान संसाधन सम्बन्धी काम गर्ने संस्था हो। देशमा विभिन्न किसिमका कम्पनी संघ संस्थाहरू छन्। जसलाई आवश्यक दक्ष जनशक्ति दिनु र रोजगारीको आवश्कता भएकाहरूलाई रोजगरी दिनु हाम्रो प्रमुख काम हो।
हरेक ठाउँमा जागिरको लागि अनुभव र भनसुन खोज्ने हुँदा यतिबेला देशका अधिकांश युवाहरू बेरोजगारीको समस्याबाट गुज्रनु परेको छ यसैलाई मध्यनजर गर्दै हामीले ग्रोथ सेलरको स्थापना गरेका हौँ।
यसबाट मुख्यतया वार्षिक कार्यक्रमहरू के–के गर्नुभएको छ?
मैले अगिपनि भनिहाले, हाम्रो मुख्य काम भनेको रोजगारदाता संस्था र कामदारबीचको पूलको भूमिका निर्वाह गर्नु नै हो।
ग्रोथ सेलरहरू संस्थाहरूको आवश्यकता अनुसार पूर्ण मानव संसाधन समर्थन सेवाहरू प्रदान गर्न समर्पित एक स्वतन्त्र मानव संसाधन परामर्श फर्म हो।
हामीले स्थापनाकालदेखि नै नेपालका विभिन्न संस्थामा आवश्यक मानव संसाधन र व्यवस्थापनका क्षेत्रमा गुणस्तिरीय सेवा प्रदान गर्दै आएका छौँ।
ग्रोथ सेलर एच आर कम्पनी भएकोले पहिलो काम त हामीले एच आर मिट गछौँ। यो हामीले वार्षिक रूपमा हरेक वर्षको मार्च महिनामा गर्ने गरेका छौँ।
एच आर मिट एक दिने कार्यशाला गोष्ठी हो। यसमा विश्वमा एचआरका बारेमा भईरहेका विकास, हाम्रो देशको अवस्था, कसले एचआर बुझ्नु पर्छ? यसको फाईदा के हो? भनेर बुझ्ने बुझाउने काम हुन्छ।
अर्को हामीले सेल्स सम्बिट, म्यानेजमेन्ट कन्क्लेक्ट र कर्पोरेट अवार्ड पनि गर्ने गरेका छौँ। वार्षिक रूपमा हुने यो कर्पोरेट अवार्डमा हामीले मानव संसाधनको सहजता तथा सन्तुष्ट हुनेगरी काम गर्ने गराउने गरेका विभिन्न कम्पनीलाई अवार्ड तथा सम्मान गर्ने गर्दछौँ।
यसका साथै, हामीले गर्ने काम कामदारको भर्तीका साथै, मानव संसाधन नीति, परिचालन दिशानिर्देश विकास, संगठन पूनसंरचना र प्रणाली विकास, मानव संसाधन आपूर्ति, कर्मचारी उत्पादकता, व्यावसायिकता विकास, कार्यसम्पादन व्यवस्थापन, तलब सर्वेक्षण, प्रशिक्षण र विकास, अनुसन्धान र अन्य धेरै कामहरू समावेश छन्।
स्थापना कालदेखी हालसम्म कति कम्पनीहरूमा के कति जनशक्ति सप्लाई गर्नुभयो?
यो निकै राम्रो प्रश्न हो। तर, हालसम्म हामीले कामदार र कम्पनीबीचको पूलको मात्र काम गर्ने भएका कारण हामीसँग एथेष्ट डेटा नै त छैन। तर हामीले अन्दाजमै भन्दा पनि धेरैलाई रोजगारी प्राप्त गर्न र दक्ष जनशक्ति पाउनको लागि सघाउ पुर्याएका छौँ।
कहिलेकाही कतै कार्यक्रमहरूमा मलाई भेट्दा अहो! मैले नि पहिले ग्रोथ सेलर थ्रु जागिर खाएको नि या खाइरहेको छ नि भनेर सुनाउनु हुन्छ। हामीले निकै राम्रो काम गरेका रहेछौँ भनेर खुसी लाग्छ। हामी सफल भयाैँ भन्ने लाग्छ। तर गर्न धेरैँ बाँकी छ। निरन्तर गरिरहन्छाैँ।
अबको योजना के छ? के कस्ता नयाँ–कन्टेन्ट लिनुभएको छ?
हामीले सबैभन्दा पहिले त डेटा कलेक्ट मै लाग्छौँ। हालसम्म के कति जनशक्तिलले हाम्रोमार्फत रोजगारी पानुभयो भन्ने डेटा कलेक्ट गर्नु छ। यो गर्न कठिन पनि छ। तर हामी गर्ने योजना बनाइरहेका छौँ। यसका साथै हामीले म्यागाजिन पनि लिएका छौँ। यसलाई झनै प्रभावकारी तरिकाले अगाडि बढाउने सोचमा छौँ। यसपछि हामीले ‘प्यानल टु कर्पोरेशन’ गर्दै छौँ।
हामीले बागबजारस्थित काठमाडौँ मोडेल कलेजसँग सहकार्य गरी यही जेठ २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म त्यस कलेजका विद्यार्थीलगायत अन्य जो इच्छुक हुनुहुन्छ उहाँहरूलाई सहभागी गराएर काम, सीप दक्षता लगायतका विषयमा कुराकानी गर्नुका गछौँ।
त्यसका साथै रोजगार प्रदायक संस्थाका प्रतिनिधि बोलाएर कामदारले आफ्नो रुचि क्षमता, दक्षताआदीका आधरमा कम्पनी छनोट गरी काम गर्न वातावरण सिर्जना गर्ने योजना बनाएका छौँ।
यसका साथै हामीले कुनैपनि कामदारले आफ्नो शिक्षा र क्षमताको आधारमा के कस्ता कामहरू गर्न सक्दछ भन्ने बारेमा पनि विभिन्न अनुसन्धान तथा प्रयोग गर्ने योजना बनाएका छौँ।
जागिर खोजिदिएवापत के–कति चार्ज लिनुभाछ?
प्रायः सबैको यही प्रश्न हुन्छ। पैसा लाग्छ भनेर कतिपय त फर्म अप्लाइ गर्न पनि अप्ठेरो मान्नुहुन्छ। तर हामीले जागिर खोजेवापत एक रुपैयाँ पनि शुल्क लिदैनौँ। हाम्रो काम भनेको उहाँहरूको दक्षता बुझेर जागिर दिनु नै हो।हामीले पैसा लिने भनेको उहाँहरूलाई रोजगारी दिने संस्थाबाट हो। हाम्रा विभिन्न प्याकेजहरू छन्। जसअनुरूप संस्थाबाट निश्चित रकम ल्याउने गरेका हुन्छौँ।
हामीले जागिर खोजेवापत एक रुपैयाँ पनि शुल्क लिदैनौँ। हाम्रो काम भनेको उहाँहरूको दक्षता बुझेर जागिर दिनु नै हो। हामीले पैसा लिने भनेको उहाँहरूलाई रोजगारी दिने संस्थाबाट हो। हाम्रा विभिन्न प्याकेजहरू छन्। जसअनुरूप संस्थाबाट निश्चित रकम ल्याउने गरेका हुन्छौँ।
के हो त ‘जब फेयर’?
जब फेयरमा हामीले कुनैपनि निश्चित ठाउँमा गएर जागिरको आवश्यकता भएका कामदार र कम्पनीबीच कुराकानी गराउने अथवा पूलको काम गर्ने अवधारण हो।
यसको प्रमुख फाइदा भनेको के छ भने, कसैले जागिरको लागि ठाउँ ठाउँ धाउनु परेन। धेरै रोजगार प्रदायक कम्पनीका प्रतिनिधिहरू एकैठाउँ जम्मा भएको हुने हुनाले कामदारले आफ्नो आवश्यकता र क्षमता अनुसारको जागिर पाउने भयो।
अनि त्यसैगरी, धेरैँ कामदारहरू एकैठाउँ भएको हुनाले कर्मचारी आवश्यक कम्पनीले पनि आफूलाई आवश्यक पर्ने जनशक्ति मज्जले छनोट गर्न पाउने भयो।
के हो ‘क्यारियर फेयर’?
आजभोली धेरै युवा पुस्ता जागिरको मामिलामा अलिक अन्योलमा परेको हो कि भन्ने कुराको वोध हुन्छ। जस्तैः म्यानेजमेन्ट पढेको विद्यार्थीले बैंक बाहेक अन्य विकल्प छैन् जस्तो सोच छ। तर म्यानेजमेन्ट पढेको विद्यार्थीले यो यो काम गर्न सक्दछ। यसको जिम्मेवारी यो हो भन्ने खालको जानकारी दिने काम क्यारियर फेयर गर्ने प्लान बनाएका हौँ।
प्रायः युवा शक्ति जागिरको लागि देशका ठूला शहर नै रोज्ने हुन्छ। तर गाउँठाउँमा विभिन्न खालका कम्पनी भइकन पनि दक्ष कामदारहरूको कमी हुने हुन्छ।
यसको लागि ती दक्ष कामदार जो हामीकहाँ आनुहुन्छ। उहाँहरूलाई आफ्नै ठाउँमा भएका रोजगारीका अवसरहरूको बारेमा जानकारी गराउने काम पनि गर्दछौँ।
असार-साउन भनेको कुनैपनि कम्पनीले नयाँ प्लान बनाएर अगाडि जाने समय भएकोले यस समयमा कुनैपनि कम्पनीमा आवश्यक जनशक्ति व्यस्थापन गर्न सहज होस् भन्नको लागि पनि हामीले जब फेयरलाई यही नै समय रोजेका हौँ।
टिपिकल नेपाली कन्सेप्ट भएको यो सोसाइटीमा नयाँ कन्टेन्ट लिएर कम्पनी स्थापना तथा सञ्चालन गर्न के-कस्ता चुनौती झेल्नु पर्यो?
गाह्रो त हुन्छ नै, कुनै संस्थामा काम गरेको मान्छे म। एक्कासी काम छाडेर यसमा लाग्दा आफन्तहरू पनि अचम्म मान्नुहुन्थ्यो। सुरूवाती चरणमा सर्भाइभ हुन अन्य जागिर पनि गरेँ।
गाह्रो त हुन्छ नै, कुनै संस्थामा काम गरेको मान्छे म। एक्कासी काम छाडेर यसमा लाग्दा आफन्तहरू पनि अचम्म मान्नुहुन्थ्यो। सुरूवाती चरणमा सर्भाइभ हुन अन्य जागिर पनि गरेँ।
तर विस्तारै, सबैलाई विश्वास दिलाएर काम गर्ने वातावरण सिर्जना गरियो। धेरैँमा विश्वास सिर्जना पनि गरियो।
यसैको पलस्वरूप आज तपाईँसँग आफ्नो जोर्नीका कुराकानी सेयर गरिरहेकी छु। यही नै अन्तिम बिन्दु होइन यसबाहेक पनि धेरै योजनाहरू छन्। यसलाई पूरा गर्नको लागि हामी निरन्तर लागिरहेका छौँ।