सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
+
-

सुर्खेत – जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा ९ जना यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको जीप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो। जिपमा ११ जना सवार थिए।

घाइतेहरूको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएकोसमेत प्रवक्ता नेपालीले बताए।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?