नेप्से परिसूचक १४.६४ अंकले गिरावट

नेप्से परिसूचक १४.६४ अंकले गिरावट
+
-

काठमाडौँ–साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ।

शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।

बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ। बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ।

नेप्से सूचक दोहोरो अंकले घटे पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा छ। नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?