सडकका खाल्डा पुर्दै पोखरा महानगर

सडकका खाल्डा पुर्दै पोखरा महानगर
+
-

काठमाडौँ – पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ।

महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन्।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ। नगरमा डुलिहिँड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पुर्याउन थालिएको छ।

शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ। यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ। मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो। ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ। त्यसको ३ दिनभित्र पुरिसक्छौँ,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौँ।’ शनिबार पोखरा वडा नम्बर-५ का विभिन्न सडकको खाल्डा पुरिएको छ।

कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ। त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सीना बताउँछन्।

‘खाल्डा पुर्ने काम सजिलो छैन। हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ। अलकत्रा जतापायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन। झण्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ। त्यसको खोजीमा महानगर लागेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?