
काठमाडौँ – भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरू हुँंदैछ। सम्मेलन भोलि सोमबारसम्म चल्नेछ।
कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए। दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए। पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए।
पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा.रामकुमार फुयाँल र दोस्रो दिन प्राडा आरन स्थापित, डा.जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ। सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन्।
सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ।