
काठमाडौँ – सुनसरीको कोशी गाँउपालिका-५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका-७ का अन्दाजी १८ वर्षीय श्रवणकुमार मेहेता रहेका छन्।
जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका जीप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
को २ च ३९९२ नम्बरको जीप आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रीत भई सडक छेउको रुखमा गएर ठोकिएको थियो।