
यूइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ।
समूह ए २ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो।
स्पेनको जितमा कार्लोस सोलर र पाब्लो सरवियाले एक(एक गोल गरे। कार्लोसले २४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए।
७५औँ मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो। जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ।
लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ।