आईटीएफ एसिया यु–१२ टिम टेनिस आजबाट

आईटीएफ एसिया यु–१२ टिम टेनिस आजबाट
+
-

काठमाडौँ – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिताको रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया आज सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन्। पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन्।

टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछ। नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए। ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन्। पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ।

प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक र आईटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन्। स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुसीको कुरा भएको बताए।

केटीएम सिटीले नेपाली खेलाडी र अफिसियलका लागि पोशाक प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?