
काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको आज(सोमबार)को बैठक सुरू भएको छ।
संसदमा जारी विनियोजन विधेयकमाथिको छलफलमा आजदेखि मन्त्रीहरुले जवाफ दिने भएका छन्।
आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगत ८ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरुले विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।
स्राेतका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।