नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाखभन्दा बढी

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाखभन्दा बढी
+
-

काठमाडौँ – चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ नाघेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १।६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष २०७८ वैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या एक करोड ७३ लाख ८२ हजार ४४८ थियो।

यसै आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, समीक्षा अवधिमा भुक्तानीको औजार वालेट प्रयोगकर्ता एक करोड ४८ लाख ८४ लाखबाट एक अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा एक करोड चार लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड ९एटीएम० बाट आठ अर्ब एक करोड ९२ लाख रुपैयाँ, दुई लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र दुई लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट एक अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ।

यस्तै अन्य डिजिटल भुक्तानीका साधनहरू कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएसलगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?