झपड रावलको मन्त्रीलाई चेतावनीः लेटरप्याड च्यात्ने तपाईँको मुख च्यात्न नपरोस्

झपड रावलको मन्त्रीलाई चेतावनीः लेटरप्याड च्यात्ने तपाईँको मुख च्यात्न नपरोस्
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन्।

प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिए।

बैठकमा सांसद रावलले भने, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ। अर्को दिन त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु। यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु। खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईँका हात, तपाईँको मुख च्यात्न नपरोस् भन्नेकुरा पनि यहीँबाट खबरदारी गर्न चाहान्छ ।’

– न्युज कारखाना

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?