गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित
+
-

काठमाडौँ – गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ।

सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो। २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए।

त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो। योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ। संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेको छ। गण्डकीमा पहिले बनेको सरकार ढलेर अघिल्लो वर्षको २९ जेठमा गठबन्धनको नयाँ सरकार बनेको हो।

पहिले एमाले र माओवादी तथा जनमोर्चाको समर्थनमा दुई तिहाई बहुमतको सरकार बनेको थियो।

५ पुसपछि प्रतिनिधिसभा विघटनको घटनाले सबैभन्दा पहिले गण्डकीको सरकार परिवर्तन भएको हो।

एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार ढलेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?