राखेप सदस्य सचिव घिसिङद्वारा कबड्डी टोलीलाई बिदाइ

राखेप सदस्य सचिव घिसिङद्वारा कबड्डी टोलीलाई बिदाइ
+
-

काठमाडौँ – १९औँ एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन्।

बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए।

उनले यो प्रशिक्षण ९औँ राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षणसमेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभए पनि खेलाडीहरूको स्तर वृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए।

सदस्य सचिव घिसिङले खेलाडीहरूलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर वृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए।

राष्ट्रिय खेलकुद परिषद्ले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ। १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?