प्रतिनिधि सभामा प्रेम सुवालको प्रश्नः कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो?

प्रतिनिधि सभामा प्रेम सुवालको प्रश्नः कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो?
+
-

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले ती विदेशीको परिचय खुलाउन माग गरेका छन्।

‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन। सीए भनिएको त्यो विदेशी नै हुनपर्छ भन्ने कुरा बाहिर आएको छ। तर कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन। विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे? अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो?,’ सुवालले प्रश्न गरे।

उनले बैठकमा ती विदेशीलाई प्रवेश दिएर गठबन्धन दलहरुले कति कमिसन पाए त्यो समेत स्पष्ट पार्न अनुरोध गरे।

अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति कर छुट दिएको हो सो पनि सदनलाई जानकारी गराउनु पर्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?