१४ वर्षमा अपाङ्ग बन्न पुगेका पल्लव, अहोरात्र खटिन्छन् अपाङ्गताकै क्षेत्रमा (भिडियो)

+
-

जन्मिँदा साङ्ग जन्मिएर किशोर अवस्थामा अपाङ्ग बन्न पुगेका काठमाडौँका पल्लव पन्त झण्डै एक दशकदेखि अपाङ्गताको क्षेत्रमा अहोरात्र खटिएका छन् ।

अतुल्य फाउन्डेनस प्राइभेट लिमिटेड मार्फत उनले अपाङ्गता सम्बन्धी विपद् व्यवस्थापनको क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई पहुँचयुक्त शौचालय, साङ्ग र अपाङ्गता भएका व्यक्तिलाई आगलागी र भुइँचालो सम्बन्धी तालिम, बचाउ मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएर अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेका छन् ।

गोडामा सानो घाउ भएर काठमाडौंको बीएण्डबी अस्पतालमा उपचारको लागि पुगेका उनी उपचार पद्धति बिग्रँदा अपाङ्ग बन्न पुगेका हुन्।

चिकित्सकले निको हुने आश्वासन दिँदै उपचार गराइरहेपनि केही वर्षपछि मात्रै उनले आफू अपाङ्ग बनेको थाहा पाएका थिए।

नाजुक स्वाथ्य अवस्थाको कारण तीन बर्ष ओच्छ्यानमा थलिएका उनले जसोतसो एसएलसी पास गरे ।

विरामी परेपछि कुनै पनि स्कुलले भर्ना लिन नमानेपछि प्राइभेट एसएलसी दिए ।

एसएलसीपछि उच्च शिक्षा अध्ययनको लागि उनी हेटौँडा पुगे । हेटौडा उनको मामाघर हो ।

अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त ठाउँ भएका कारण उनी मामाघर बसेर पढ्न थाले ।

हेटौडा स्कुल अफ म्यानेन्जमेन्टमा कक्षा ११ मा भर्ना भएर उनले पत्रकारिता पेशा पनि सुरु गरे ।

प्लस टु सम्मको अध्ययन सकेर उनी काठमाडौंमा आएर पत्रकारिता बिषयमा नै स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरे ।

उनले अपाङ्गता सम्बन्धी विपद् व्यवस्थापनमा पनि स्नातकोत्तर गरेका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्न अध्ययनले थप सहयोग गरेको उनले बताए ।

यस क्षेत्रमा काम गर्ने सिलशिलामा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार र अवार्ड पनि प्राप्त गरेका छन् ।

पन्तसँग हामीले अपाङ्गता सम्बन्धी विपद् व्यवस्थापनको क्षेत्रमा उनले गरेका काम र उनको स्वाथ्य र शिक्षाको बिषयमा केन्द्रित भएर कुरा गरेका छौँ ।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?