बालेन भन्छन्, ‘काठमाडौँको धुलो अब ९ वटा ब्रुमरले उठाउँछ’

बालेन भन्छन्, ‘काठमाडौँको धुलो अब ९ वटा ब्रुमरले उठाउँछ’
+
-

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका सडकका धुलो ९ वटा ब्रुमरले बढार्ने बताएका छन्।

बालेनले फेसबुकमा स्टाटस राख्दै बिग्रिएका ब्रुमरहरू मर्मतपछि पुन: सञ्चालनमा ल्याइएको बताएका हुन्।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर बुधबारदेखि सडक सफा गर्न थालिएको उनले बताएका छन्। उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थालिएकाे छ।

फेसबुकमा उनले लेखेका छन्, ‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्क्रिय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ। आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन्।’

उनका अनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। जम्मा ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?