
जुम्ला – सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ।
सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको हो।
भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो।
जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ।
सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो।