हिल्स होमको आयोजनामा आइतबार ‘हाम्रो कला, हाम्रो संस्कृति’ कार्यक्रम हुँदै

हिल्स होमको आयोजनामा आइतबार ‘हाम्रो कला, हाम्रो संस्कृति’ कार्यक्रम हुँदै
+
-

काठमाडौँ – हिल्स होम थियटर एन्ड प्रोडक्शन प्राइभेट लिमिटेडले ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रमको आयोजना गरेको छ।

लामो समयदेखि नेपाली कला जगतमा क्रियाशील नेपाली कलाकारको उपस्थिति तथा प्रस्तुति रहने सो कार्यक्रम यही असार पाँच गते (आइतबार ) साझ पाँच बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा हुन लागेको सो कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक मुरलीधर, गायक रामकृष्ण ढकाल, देव श्रेष्ठ, सत्य आचार्य, स्वरूप आचार्य, प्रितम आचार्य, लोकदोहोरी गायिका राधिका हमाल, गायिका एलिना चौहान, शैलेन्द्र सिम्खडा, कलाकार जोगिन्द्र (पानवाला) लगायतको उपस्थिति तथा प्रस्तुती रहेको छ।

सो कार्यक्रममा ५ वर्षको उमेबाट नै नेपाली कलाकारिता क्षेत्रमा लागेर गीत गायन/लेखन, नृत्य, निर्देशन, नाटक तथा विभिन्न चलचित्रमा काम गरिसकेका हिल्स होमका प्रवन्ध निर्देशकसमेत रहेका कलाकार प्रभाकर देव शर्माले आफ्नो ५० वर्षीय कलाकारिता यात्राको बारेमा तयार पारिएकाे नाटक प्रस्तुत गर्नेछन्।

यसका साथै सो कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्दलाई उनकाे कला जगत् प्रतिकाे लगाव र याेगदानका आधारमा सम्मानसमेत गरिँदै छ।

कला संस्कृति भनेकाे देशका गहना भएकाले कलाकारको सम्मान तथा कला संकृतिको संरक्षण र विकासका लागि सो कार्यक्रमको आयोजना गरिएको हिल्स होमका प्रवन्ध निर्देशक शर्माले जानकारी दिए।

उनले भने, ‘कुनैपनि देशको विकास हुनको लागि त्यस देशको कला संस्कृतिको पनि विकास हुनु आवश्यक छ। कलाकारको सम्मान र संरक्षणको लागि आफू सक्दो काम म सधैँ गरिरहन्छु। र यसकाे लागि राज्यले पनि समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?