गर्मी बढेसँगै हुम्लामा देखियो ठेउला

गर्मी बढेसँगै हुम्लामा देखियो ठेउला
+
-

सुर्खेत – गर्मी मौसममा देखापर्ने ठेउला रोग हुम्लामा देखापरेको छ।

उत्तरी नाम्खा गाउँपालिका-४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्राबासमा बस्ने विद्यार्थीहरूमा यस्तो समस्य देखिएको हो।

५७ जना विद्यार्थीहरूमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।

जाँच र परीक्षणका लागि नमुना संकलन कार्य भइसकेको उनले बताए। पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिमले संयुक्त रुपमा उपचारका लागि खटिएको उनले जानकारी दिए। संकलन गरिएको नमुना सुर्खेत आज पुगिसक्ने सिंहको भनाइ छ।

कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए। सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ।

पाक्ने, चिलाउने, फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकीन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

सरसफाइको कमिदेखि धेरै विद्यार्थी भएकाले यहाँ बढी समस्य आएको आफूले पाएको उनले बताए।

बाँकी कुरा त नमुनाको जाँच पछि आउने रिर्पोटले बताउने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?