
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले
आज (बुधबार) शपथग्रहण गर्दैछन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारिले पद तथा गोपनीयताको शपथ आज साँझ ५ बजे लिने भएका हुन्।
शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्ने छन्।
एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए।
उनका प्रतिष्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित
गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन्।