सानिमा बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

सानिमा बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै
+
-

काठमाडौँ – सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ।

१० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्ने जनाएको छ।

यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ।

सानिमाले १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ अर्थात् वार्षिक १०.२५ प्रतिशत ब्याजदर जारी गर्दै छ। बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ।

ऋणपत्रमा १४ असारसम्म आवेदन दिन पाइनेछ। सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ।

न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?