दिल्लीबाट जनकपुर आइपुग्यो भारतीय रेल, मुख्यमन्त्री राउतले गरे स्वागत (तस्बिरहरु)

दिल्लीबाट जनकपुर आइपुग्यो भारतीय रेल, मुख्यमन्त्री राउतले गरे स्वागत (तस्बिरहरु)
+
-

जनकपुरधाम – रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको छ। १८ दिनको यात्राअन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम स्टेशनमा करिब पौने दुई बजे पुगेको छ।

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे खुलेको थियो।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थयात्रुलाई स्वागत गर्नका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दाससहित स्थानीयहरु पुगेका छन्।

जनकपुरधाम पुगेका तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन्। रामायण सर्किटअन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने व्यवसायीहरुको आशा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?