
विष्णु तिवारी
असार ११, २०७९

अ
+
अ
अ
-
पदको मजा लिसोमा टाँसिएछ आखिर
पुच्छर पनि अर्कैसँग गाँसिएछ आखिर।।
के केन गर्छोँ भने हुन्छ भन्यौँ हामिले
दलदलमा सबै पुर्जा भासिएछ आखिर।।
बढाउँछौँ इज्जत भनि थापे पासो कति
बाउबाजेले कमाएका मासिएछ आखिर।।
माउ भन्दा चल्ला दह्रा के खाए कुन्नी
माउ चाहिँको बलबुता नासिएछ आखिर।।
माथि पुग्छ अब भनि सबले आश गरे
दिउसै पनि सपनामा हाँसिएछ आखिर।।

