
पोखरा – अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ।
शनिबार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ। पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ।
त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए।
बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ। यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ।
मानवीय क्षति भने भएको छैन। अन्य क्षेत्रका पनि सडक बगाएको छ। यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ।