चौतारा सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख बजेट

चौतारा सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख बजेट
+
-

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले आ‍.व. ०७९/८० को बजेट प्रस्तुत गरेको छ।

बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ।

त्यसैगरी, पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख , नगर गौरवका योजनाका लागि २ करोड विनियोजन गरिएको छ।

चालु आ.व.मा सञ्चालन भएका अधुरा योजनाहरुलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ।

नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ। प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी ६ करोड विनियोजन गरेको छ।

नगरपालिकाभित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरिएको छ। पुर्वाधारतर्फ सिंचाई, खानेपानी तथा सरसफाई समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

लक्षित वर्गका लागि १ करोड ७० लाख बजेट विनियोजन गरेको छ। नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पुर्वाधार विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ भने विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि ३ करोड विनियोजन गरेको छ।

विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा संचार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रमलगायतलाई समेटी बजेट विनियोजन गरेको निति कार्यक्रममा उल्लेख छ।

नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ुजमिन बाझो नराखौ,माटोले मागेको रोपौु , जति धेरै उत्पादन त्यति धेरै अनुदान, बाली संरक्षण आपतकालिन कोष, प्रत्येक किसान उत्पादक बनौ, प्रत्येक उत्पादनलाई उद्यममा जोडौ जस्ता लोकप्रिय नाराका साथ नीति कार्यक्रम तयार पारिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?