‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीको अवस्था’बारे अन्तर्क्रिया

‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीको अवस्था’बारे अन्तर्क्रिया
+
-

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीको अवस्था’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ।

आइतबार राजधानीमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू उपस्थित थिए।

नेपाली कला क्षेत्रको प्रारम्भदेखि वर्तमान अवस्था, समस्या, राज्यको नीति र आगामी बाटोको बारेमा सारसंक्षेप समेटी चलचित्र कलाकार संघको तर्फबाट कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार पारेको कुल दश पृष्ठको अवधारणा-पत्रभित्र समेटिएका विषयलाई सहभागी र संचारकर्मी कृष्ण भट्टराई,संगीतकार सन्तोष श्रेष्ठ,अधिवक्ता कृष्ण ढुंगाना टिप्पणीकर्ताले टिप्पणी गरेका थिए।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका सदस्य सचिव टंक महतले अवधारणा-पत्रमा समेटिएका केही कुराको खण्डन गरेका छन्। उनले अझैपनि विदेशी चलचित्रको कमाइले नेपाली चलचित्र क्षेत्रलाई धान्नुपर्ने (बचाउनुपर्ने) बाध्यकारी अवस्था रहेको बताउँदै पहिले यसको लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै, चलचित्र निर्माता प्रदिप उदयले नेपाली चलचित्र क्षेत्रमा भएका समस्या लगायतका विषय उठान गरेकोमा मोहन निरौला लगायत कलाकार संघलाई धन्यवाद व्यक्त गरेका छन्। यस्ता खालका कार्यक्रमहरू गर्नाले समस्याको बारेमा बहस हुनुका साथै समाधानका विकल्पहरू खोज्न निकै सहज हुने उनले बताएका हुन्। उनले नेपाली कलाकारहरूमा एकता नभएको विशेषता ‘फेस भ्यालु’ भएका (चर्चामा रहेका) कलाकार यस्ता कार्यक्रममा नआएकोमा गुनासो समेत व्यक्त गरेका छन्। आगामी दिनमा ती कलाकारलाई समेत समेट्ने गरी कार्यक्रम ल्याउन उनले कलाकार संघलाई आग्रह समेत गरेका छन्।

यसैगरी, टिप्पणीका क्रममाः सञ्चारकर्मी डब्बु क्षेत्रीले नेपाली चलचित्रको वर्तमान अवस्था निकै बिग्रदै गएको टिप्पी गरेका छन्। केही चलचित्रमा काम गरेर कलाकार विदेश पलाएन हुनुपर्ने बाध्यकारी अवस्थालाई कम गर्नको लागि सम्बन्धित सबै पक्ष लागि पर्नुपर्ने उनले टिप्पणी गरेका छन्।

चलचित्र जगतमा चलचित्र पत्रकारको पनि उत्तिकै अहम् भूमिका रहने बताउँदै उनले पत्रकारलाई चलचित्रको प्रचारको बेलामा मात्र नभएर अरूबेला पनि सहकार्य र सल्लाहको लागि सम्झेर भाइचाराको भावका साथ हातेमालो गर्दै अघि बढ्न समेत आग्रह गरेका छन्।

यसका साथै, कला क्षेत्रको विकास, विस्तार र सम्रक्षणको लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले यसको लागि कलाकार संघ र कलाकारको समन्वयमा समयमै राज्यलाई ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। यसको लागि आफ्नो आवश्यकता परेको खण्डमा आफ्नो पूर्ण साथ रहने प्रतिवद्धता समेत उनले गरेका छन्।

कार्यक्रमको समापनको क्रममा बोल्दै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले वर्तमान समयमा कलाकार संघ कलकारको व्यक्तिगत समस्या पर्दा सम्झने ठाउँ मात्र भएको टिप्पणी गरेका छन्। उनले चलेका कलाकारको कुरा राज्यका सम्बन्धित निकायमा छिटो पुग्ने भएपनि कला जगत्को समस्यमा उनीहरूले बेवास्ता गर्दा कलाकार संघमा विभिन्न किसिमका समस्या भएपनि सम्बन्धित निकायसम्म पुग्न नसकेको गुनासो समेत गरेका छन्।

आजको कार्यक्रम निकै प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गरी कलाकार संघ र कलाकारको हकहितका विषयमा निरन्तर लागि पर्नुपर्ने बताउँदै उनले आफूले आफ्नो क्षेत्रबाट सक्दो सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएको उनले बताएका छन्।

आफू संघको अध्यक्ष भएदेखि नै निरन्तर रुपमा कलाकार संघ र यही कला जगत्‌का लागि काम गरेका बताउँदै उनले आगामी दिनमा आफू जिम्मेवारीमा भएपनि नभएपनि कला जगत्को हितको लागि काम गरिहने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन्।

कार्यक्रममा बिदेशी चलचित्रको अतिक्रमणले नेपाली कला संस्कृति माथी ठाडो हस्तक्षेप भैरहेको कुरा पनि उठाईएको थियो। नेपाली चलचित्रको प्रर्वद्धनमा स्पष्ट नीति नभएको कुरा बक्ताहरूले उठाएका थिए।

कार्यक्रममा कलाकारः भुवन केसी, गजित विष्ट, पवित्रा आचार्य, सितल केसी, उत्तम केसी,लय संग्रौला,मदन घिमिरे,कृष्ण मल्ल, आकाश अधिकारी ,बोर्डका पुर्ब अध्यक्ष दयाराम दाहाल लगायत उपस्थित थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?