मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ, मदिरा सेवन गरी हत्या गरेको आशंका

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ, मदिरा सेवन गरी हत्या गरेको आशंका
+
-

काठमाडौँ – चितवनको माडी नगरपालिकामा आफ्नै आमाको मकै बारीमा हत्या गरेका एक युवक पक्राउ परेका छन्।

माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले बताएका छन्।

उनका अनुसार अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले अन्य समयमा मदिरा सेवन गर्ने भएकोले घट्नाको समयमा पनि मदिरा सेवन गरेको हुनसक्ने डिएसपी अधिकारी बताउँछन्।

उनी भन्छन्,’अघिपछि पनि मदिरा सेवन गर्नुहुँदो रहेछ भन्ने बुझियो त्यसैले त्यो दिन पनि मदिरा सेवन गरेर नै आमाको हत्या गरेको हुनसक्ने अनुमान गरेका छौँ। यद्यपि, अनुसन्धान पूरा भएपछि मात्रै सबै कुरा थाहा हुन्छ।’

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?