
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारी आराम गर्ने कोठामा मृत अवस्थामा फेला परेका छन्।
विद्युत प्राधिकरणको इलोक्टोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल ड्युटीमा रहेको अवस्थामा काठमाडौँ महानगरपालिका-२८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको आराम गर्ने कोठामा मृत फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार बिहान ९:२० बजेको समयमा हमाल मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले शव चेकजाँच गरी मुचुल्का उठाएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। उनको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।