पीडित युवती र अभियुक्तले रिसोर्टमा सँगै रात बिताएका थिए: प्रहरी

पीडित युवती र अभियुक्तले रिसोर्टमा सँगै रात बिताएका थिए: प्रहरी
+
-

काठमाडौँ- भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टबाट मंगलबार बिहान एक युवक बलात्कार आरोपमा पक्राउ परे।

रुहोसा रिसोर्टमा सँगै बसेका युवकले आफूलाई बलात्कार गरेको भन्दै युवतीले प्रहरीलाई जानकारी गराएकी थिइन्।

युवती मंगलबार बिहान सवा ४ बजे ती युवकले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी सम्पर्कमा पुगेकी थिइन्। २१ वर्षीय ती युवतीले बताए अनुसार प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको हो।

भक्तपुर प्रहरी परिसरका एसपी राजु पाण्डेका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोटका २५ वर्षीय मनिष खत्री रहेका छन्। उनलाई प्रहरी टोलीले  जगातीबाट पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा ती युवक र पीडित महिला सोमबार साँझ रुहोसा रिसोर्टमा सँगै बसेका पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन्।

उनी भन्छन्, ‘अनुसन्धानका क्रममा उहाँहरु अघिल्लो साँझ रिसोर्टमा सँगै बसेको पाइयो। भोलिपल्ट बिहान युवती आफैँ आफू बलात्कृत भएको भन्दै प्रहरी सम्पर्कमा आएकी थिइन्।’

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?