
काठमाडौँ- ललितपुरमा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए।
ट्राफिक प्रहरी जवान राजेन्द्र थापा मंगलबार निलम्बनमा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शिद्धिविक्रम शाहले बताएका छन्।
उनका अनुसार विभागीय अनुसन्धानका लागि ट्राफिक प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले एक चिकित्सकमाथि कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् ।
कुटपिटबाट चिकित्सक डा.कुलबहादुर घिसिङको मुखमा चोट लागेको छ ।
डा.घिसिङको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।